बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्।
आज प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले मार्गप्रशस्त गरेको घोषणा गरेका हुन्।
प्रदेश सभा बैठकको रोस्ट्रमबाट राजीनामा घोषणा गरेका बानियाँले लगत्तै प्रदेश प्रमुखलाई भेटेर राजीनामा पत्र बुझाउने बताएका थिए।
सत्ता साझेदार नेकपा एमालेले साउन ६ गते समर्थन फिर्ता लिएको थियो। यसबीच मुख्यमन्त्री बानियाँले बहुमत जुटाउने कोसिस पनि गरेका थिए।
उनले नेकपा एमाले र नेकपालाई बहुमत जुटाएर सरकार बनाउन आग्रह गरेका छन्। यहाँ एमाले र नेकपालाई नयाँ सरकार बनाउन २ जना सांसद चाहिन्छ।
१२ जना सांसद रहेको राप्रपा भने तटस्थ बस्ने निर्णय गरिसकेको छ।
यहाँ सरकार बनाउन बहुमत पुर्याउन ५३ जना सांसदको साथ चाहिन्छ। मुख्यमन्त्री बानियाँले आज प्रदेश सभामा विश्वास मत लिने भने पनि बहुमत जुट्ने सम्भावना नदेखेपछि राजीनामा दिएका हुन्।
बानियाँ कांग्रेस संसदीय दल नेता हुन्।