राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको बैठकमा सांसदहरूको उपस्थितिमा कडाइ गरेको छ।
साउन २६ गते कोरम नपुगेर सरकारले ल्याएको विधेयक स्वीकृत हुन नसकेपछि रास्वपाले सांसदहरूको उपस्थितिमा कडाइ गरेको हो।
रास्वपा सांसदहरूले अब अनुपस्थितिको कारण सहित गुगल फर्म भर्नुपर्ने व्यवस्था गरेको हो।
रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उपस्थितिमा कडाइ गरिएको मेसेज रास्वपाका सांसदहरूलाई पठाएका छन्।
यस्तो फर्म भर्ने सांसदले संसद बैठकमा उपस्थित हुन नसक्दा, बैठकमा आधा घण्टा भन्दा ढिलो उपस्थित हुँदा, उपस्थित भएर बीचमै बैठक छाड्नुपर्दा, बैठकको बीचमा बाहिर गएर फर्कनुपर्दा यस्तो फर्म भर्नुपर्ने व्यवस्था गरिएको हो।
यस्तो फर्ममा सांसदहरूले आफ्नो नाम, निर्वाचन क्षेत्र, सम्पर्क नम्बर, बैठकमा अनुपस्थित हुनुको कारण र बैठकमा बीचमा छाड्नुको कारण खुलाउनुपर्नेछ।
सांसदहरूले बिरामी भएमा उपचार भइरहेको ठाउँको विवरण भर्नुपर्नेछ। त्यस्तै निर्वाचन क्षेत्र जाँदा पनि जाने र आउने विवरण सहितको तालिका बुझाउनुपर्नेछ।
त्यसैगरी औपचारिक निमन्त्रणा, विदेशको कार्यकम्र भए आयोजक र अनुमति पत्र खुलाउनुपर्ने छ।
साथै अनुपस्थित हुनुको कारणओ सहित प्रमाण पनि अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ।