राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूसँग छलफल थालेका छन्।
सिंहदरबारमा बुधबार भएको बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाहको उपस्थिति भने छैन।
सचेतक प्रकाशचन्द्र परियारका अनुसार संसद, सरकार र संसदीय दलबीच समन्वय कसरी गर्ने/गराउने भन्नेबारे छलफल गर्न पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बैठक बसेको हो।
यो अनौपचारिक बैठक भएको पनि उनले बताए।
पार्टीका तर्फबाट सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री निशा डाँगी लगायत छन्।
संसदीय दलका तर्फबाट उपनेता गणेश पराजुली, सचेतक प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल र सरकारका मन्त्री तथा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले, उपसभापति तथा कानुनमन्त्री सोविता गौतम, गृहमन्त्री सुदन गुरूङ बैठकमा सहभागी छन्।