पूर्वप्रधानमन्त्री, नेकपा संयोजक तथा सांसद पुष्पकमल दाहाल 'प्रचण्ड' को स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन्।
रावल रूकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ८ का हुन्।
उनलाई प्रचण्डले साउन ५ गते नै स्वकीय सचिव नियुक्त गरेका थिए। आज रावलले उक्त पत्र सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्।