राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संसोधन कार्यदल बनाएको छ।
कबिन्द्र बुर्लाकोटी संयोजकत्वमा विधान संसोधन कार्यदल बनाइएको सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए।
कार्यदलमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की र गजला समिम मिकरानी सदस्य छन्।
पुष्पा चौधरी र शिवजी यादव पनि उक्त कार्यदलमा सदस्य छन्।
महाधिवेशनमार्फत पार्टीको विधान तथा अन्य दस्तावेज बनाएको रास्वपाले संसदीय दलको विधानमा पनि संसोधन र परिमार्जन गर्न लागेको हो।