भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ चार दिने नेपाल भ्रमण सकेर भारत फर्किएका छन्।
भ्रमण सकेर बुधबार उनी भारततर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिपजंग केसी र उनकी पत्नीले बिदाइ गरेका थिए।
भ्रमणको क्रममा सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।
सेठले भ्रमणको क्रममा प्रधानमन्त्री बालेन्द्र सेठसँग पनि भेटेका थिए।
सेठ प्रधान सेनापति अशोक राज सिग्देलको निमन्त्रणामा आएका थिए।