बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद किरण थापा मगर नियुक्त भएका छन्।
एमाले, नेकपा र राप्रपाको समर्थनमा उनले बुधबार मुख्यमन्त्रीमा दाबी पेस गरेकोमा आज प्रदेश प्रमुख दीपक देवकोटाले मुख्यमन्त्री नियुक्त गरेका हुन्।
बागमतीमा दलहरूबीच कसले कति मन्त्रालय लिने पनि सहमति भइसकेको छ।
एमालेले मुख्यमन्त्रीसहित ३, राप्रपाले ३ र नेकपाले २ मन्त्रालय लिने सहमति छ।
बागमती सरकार बनाउन पार्टी संसदीय दल नेता उद्धव थापाले समर्थन गरेपछि राप्रपामा भने विवाद छ। राप्रपाले आज दल नेता र पार्टी साधारण सदस्यबाट थापालाई हटाउन सिफारिस गर्ने केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गरेको थियो।
यसअघि बागमतीमा एमालेको समर्थनमा कांग्रेस नेतृत्वमा सरकार थियो, ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री थिए।