प्रधानमन्त्री बालेन शाह धादिङ पुगेका छन्।
प्रधानमन्त्री शाह पृथ्वीराजमार्ग हुँदै धादिङस्थित गजुरी पुगिसकेका छन्।
उनी गजुरीस्थित भैरव दल गणमा प्रवेश गरेका छन्। उनी त्यहाँ केहीबेर बस्ने कार्यक्रम छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले प्रधानमन्त्री पृथ्वी राजमार्ग हुँदै धादिङ आइपुगेको बताइन्।
‘यो प्रधानमन्त्रीज्यूको निजी भ्रमण हो भन्ने बुझेका छौं,’ उनले सेतोपाटीसँग भनिन्।
साथै प्रधानमन्त्री शाह पोखरा जाने र त्यसपछि मुस्ताङ जाने कार्यक्रम रहेको सुरक्षा स्रोतको भनाइ छ।