रास्वपा सहमहामन्त्री पदमा पुरूषोत्तम यादव मनोनीत भएका छन्।
सभापति रवि लामिछानेले उनलाई आज सहमहामन्त्री मनोनीत गरेका हुन्।
उनी प्रतिनिधि सभा सांसद पनि छन्।
चितवनमा भएको महाधिवेशनबाट सहमहामन्त्री पदमा ३ जना निर्वाचित भएका थिए। सहमहामन्त्री २ जना मनोनीत हुने व्यवस्था छ।