राष्ट्रिय स्वतन्त्र पार्टीले ११ जनालाई सचिवालय सदस्य मनोनीत गरेको छ।
शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कबिन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनीत गरिएको हो।
त्यस्तै ९ जना केन्द्रीय सदस्य मनोनीत भए।
भूपदेप शाह, सुनिल लम्साल,सुधन गुरूङ, प्रतिभा रावल, पुरूषोत्तम यादव, बसुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी, डा.भानुभक्त राई केन्द्रीय सदस्य मनोनीत भए।
सहमहामन्त्रीमा पुरूषोत्तम यादव, प्रवक्तामा जगदीश खरेल र कोषाध्यक्षमा मनोहर प्रधान मनोनीत भएका छन्।