राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले ६ वटा विभागमा प्रमुख नियुक्त गरेको छ।
शुक्रबार बसेको केन्द्रीय समितिले पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभागमा शिशिर खनाल, अर्थ विभागमा लिमा अधिकारी, संगठन विभागमा प्रमोद न्यौपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरू र जनस्वास्थ्य विभागमा तोसिमा कार्कीलाई प्रमुख मनोनीत गरेको एक पदाधिकारीले जानकारी दिए।
ती सदस्यका अनुसार बैठकले ११ जनालाई सचिवालय सदस्य मनोनीत गरेको छ।
शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कबिन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनीत गरिएको हो।
त्यस्तै केन्द्रीय सदस्यमा ९ जना मनोनीत भएका छन्।
केन्द्रीय सदस्यमा भूपदेप शाह, सुनिल लम्साल,सुधन गुरूङ, प्रतिभा रावल, पुरूषोत्तम यादव, बसुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी, डा.भानुभक्त राई केन्द्रीय सदस्य मनोनीत भए।
सह-महामन्त्रीमा पुरूषोत्तम यादव, प्रवक्तामा जगदीश खरेल, सह-प्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरी तथा कोषाध्यक्षमा मनोहर प्रधान मनोनीत भएका छन्।
सहकोषाध्यक्षमा बसुमाया तामाङ मनोनीत भएकी छन्।