राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशका २३औं राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएकामा उनलाई बधाई दिएका छन्।
राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका हुन्।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बंगलादेशका जनतालाई आपसमा जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।