'देश र कांग्रेस जोड्ने अभियान' चलाइरहेका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
आज भएको भेटवार्ताका क्रममा महरले पार्टी भित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा देउवाको भूमिका महत्त्वपूर्ण रहेको कुरा उल्लेख गरेका थिए।
‘लामो समयको उपचारपछि फर्किनुभएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यूसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदा उहाँको स्वास्थ्य राम्रो रहेको थाहा पाएर खुशी लाग्यो,’ उनले भनेका छन्, ‘पार्टी भित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा उहाँको भूमिका महत्त्वपूर्ण छ।’
साथै महरले सभापति सभापति गगन थापा र देउवाकाबीच भेटघाट तथा संवादको आवश्यकता औँल्याएका थिए।
‘उहाँले आफूले भेटवार्ता मिलाउन पहल गरिरहेको बताउँदै अदालतको निर्णय आएपछि अघि बढौँला भन्नुभयो,’ उनले भने।