नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौंस्थित चुनदेवीमा रहेको सम्पर्क कार्यालय पुगेका छन्।
सिंगापुर र हङकङमा ५ महिना उपचार गरी साउन २८ गते स्वदेश फर्केका देउवा दोस्रो पटक चुनदेवी सम्पर्क कार्यालय पुगेका हुन्।
स्वदेश फर्केलगत्तै साउन २८ मा देउवा पहिलो पटक चुनदेवी पुगेका थिए। त्यसपछि आज उनी चुनदेवी पुगेका हुन्।
देउवाका लागि चुनदेवीमा बेग्लै कोठा छ। उक्त कोठाको टेबुलमा 'शेरबहादुर देउवा, सभापति' लेखिएको नेमप्लेट पनि छ।
उक्त नेमप्लेट अरू नेतालाई जानकारी नदिई आफूले राखेको पूर्वऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले साउन २९ को संस्थापनइतर पक्षले गरेको राष्ट्रिय भेला उद्घाटन कार्यक्रममा भनेका थिए।
देउवा आज चुनदेवी कार्यालय पुग्दा उक्त कोठा र टेबुलमा 'शेरबहादुर देउवा, सभापति' लेखेको नेमप्लेट देखिन्थ्यो। गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा सहभागी भएका थिएनन्।
विशेष महाधिवेशनबारे देउवा पुनरवलोकनमा गएका छन् र सर्वोच्चले निस्सासमेत दिएको छ।
निवर्तमान सभापति देउवा आज भने आदिवासी जनजाति महासंघले गरेको चियापानमा सहभागी हुन चुनदेवी पुगेका हुन्।
तस्बिरहरू-
-ink-1787477831.jpeg)
-ink-1787477830.jpeg)
-ink-1787477830.jpeg)
-ink-1787477830.jpeg)
-ink-1787477830.jpeg)
-ink-1787477830.jpeg)
-ink-1787477830.jpeg)
-ink-1787477830.jpeg)
-ink-1787477830.jpeg)
-ink-1787477829.jpeg)
तस्बिर- नेपाल फोटो लाइब्रेरी।