राप्रपाले पार्टीका बागमती प्रदेश संसदीय दल नेता उद्धव थापालाई पदमुक्त गरेको पत्र उपसभामुखलाई बुझाएको छ।
दल नेता थापाले एमाले सांसद किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन रहेको पत्र लेखेर दिएका थिए।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार थापालाई पदमुक्त गर्ने राप्रपाको औपचारिक पत्र उपभामुख अप्सरा चापागाईंलाई बुझाइएको हो।
उनले पत्र बुझ्न केही समय आनाकानीसमेत गरेको उनले बताए।
बागमती प्रदेश राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत यस विषयलाई उठान गरेकी थिइन्।
बागमतीमा एमाले नेतृत्वमा सरकार बनेको छ। सरकारमा राप्रपाका ३ मन्त्री छन्। आज मुख्यमन्त्रीले विश्वास मत लिँदैछन्।
बागमती सरकारमा सहभागी नहुन र मुख्यमन्त्रीलाई समर्थन नगर्न राप्रपा केन्द्रले निर्देशन दिएको थियो।
मुख्यमन्त्रीलाई विश्वास मत दिन र नदिन भन्दै बेग्लाबेग्लै ह्विप पनि जारी भएको छ।