जनमत पार्टीले असोज ९ देखि १० गतेसम्म दोस्रो महाधिवेशन गर्ने भएको छ।
आज बसेको सचिवालय बैठकले उक्त महाधिवेशनअघि अधिवेशनहरू गर्न र विवरण पठाउन भनेको छ।
भदौ २१ गतेभित्र वडा तथा पालिका अधिवेशनहरूको विवरण पठाइसक्नुपर्ने पार्टीकी राष्ट्रिय सचिव अनिताकुमारी मण्डलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भदौ मसान्तसम्म कायम रहेका सबै सदस्यहरूलाई क्रियाशील सदस्य कायम गर्ने निर्णय पनि जनमतले गरेको छ।