रसुवाको बाढीको सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बोलाएका छन्।
बुधबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उक्त बैठक बोलाएको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।
अहिले सिंहदरबारस्थित गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ।
प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ।
साथै निजी कम्पनीका हेलिकप्टरहरुलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ।