गृहमन्त्री सुदन गुरुङले रसुवा बाढीबारे सदनलाई जानकारी दिने भएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा गुरुङले बाढीबाट भएको क्षतिबारे जानकारी दिने तयारी गरिरहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। बैठक दिउँसो १ बजेका लागि डाकिएको छ।
आजको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम भने नहुने भएको छ। बैठक छोटो र संक्षिप्त गर्ने तयारी भइरहेको छ।
प्रधानमन्त्री शाहले अहिले आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेका छन्। उनी राहत तथा उद्दारको कामको निगरानी र परिचालनमा जुटिरहेका छन्।