प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले चीनको तिब्बत क्षेत्रबाट आएको बाढीमा फसेका केहीको उद्दार हुन नसकेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा सांसद केसीले नुवाकोट सदरमुकामबाट १० मिनेटको पैदलदुरीमा एउटा घरको छतमा मानिसहरु फसिरहेको बताएका हुन्।
'म बैठकमा आउँदासम्म घरको छतमा बसेर बचाऊ, बचाऊ भनिरहेका छन्', केसीले भने, 'उद्दार हुन सकेको छैन।'
उनले सरकारले तल्लो तटीय क्षेत्रमा सरकारले ढिलै भए पनि साढे ९ बजे भित्र सूचना प्रवाह गरेको उल्लेख गरे।
साथै सरकारले राहत र उद्दार पछि पुनर्स्थापना गर्नुपर्ने बताए।