गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन्।
बुधबार दिउँसो उनले विमानस्थलमा पुगेर सुरक्षा निकायका अधिकारीहरूलाई उद्धारमा कुनै कसर नछाड्न निर्देशन दिएका हुन्।
‘सबै तयारी अवस्थामा प्रभावित क्षेत्रमा जानुपर्यो। कुनै पनि व्यक्तिले उद्धारका लागि माग गरेको अवस्थामा उद्धार गर्नुपर्यो,’ उनको भनाइ उदृत गर्दै सचिवालय सदस्यले भन्यो।
विमानस्थल पुग्नुअघि उनले राष्ट्रिय विपद न्यूनिकरण तथा व्यवस्थापन कार्यालयमा पुगेका थिए। त्यहाँ पनि उनले कर्मचारीहरूलाई आवश्यक खाद्यान्न, बेड लगायतको व्यवस्थाहरू पनि गर्न निर्देशन दिएका थिए।