भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहसँग टेलिफोनमा कुराकानी गरेका छन्।
यसबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।
‘प्रधानमन्त्री बालेन शाहसँग कुराकानी गरेर नेपालमा बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गरेको छु,’ मोदीले भनेका छन्, ‘यस कठिन समयमा भारतका जनता नेपालका दिदीबहिनी र दाजुभाइहरूसँग ऐक्यबद्धतामा उभिएका छन्।’
उनले भारत नेपाललाई सबै सम्भावित मानवीय सहयोग प्रदान गर्न तयार रहेको उल्लेख गरेका छन्।
‘हाम्रा टोलीहरूले उद्धार र राहत प्रयासहरूमा नजिकबाट समन्वय गरिरहेका छन्,’ मोदीको भनाइ छ।