गोरखाको पालुङटारबाट गोसाइँकुण्ड गएका ३३ जना सम्पर्कविहीन छन्।
एउटा बसमा रहेका यात्रुहरू सम्पर्कविहीन रहेको पालुङटार नगरपालिकाले जनाएको छ।
एउटा बस र दुई वटा माइक्रोमा पालुङटार नगरपालिका ५ का स्थानीयहरू गोसाइकुण्डतर्फ गएकोमा माइक्रोका यात्रुहरू भने सम्पर्कमा छन्।
उक्त बसमा ३८ जना यात्रु रहेको र ५ जना भने केहीबेर सम्पर्कमा आएका थिए। त्यसपछि उनीहरू पनि सम्पर्कमा छैनन्।
आज भोटेकोशी-त्रिशूली नदीमा बाढी आएको थियो।
गोरखा २ का सांसद कबिन्द्र बुर्लाकोटीले पनि गोरखाबाट गोसाइँकुण्डतर्फ गएको बस बाढीमा परेको भन्ने सूचना आएको आजको प्रतिनिधि सभा बैठकमा सुनाएका थिए।