आज सर्वदलीय बैठक बस्दै छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बिहान ९ बजे सर्वदलीय बैठक बसेको हो।
बैठक सिंहदरबारमा बस्नेछ।
भोटेकोशीमा आएको भीषण बाढीले पुर्याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः स्थापनाका विषयमा छलफल गर्न सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन र पीडितहरूलाई तत्काल राहत एवं पुनः स्थापनाको व्यवस्था मिलाउन सबै राजनीतिक दलहरूसँग साझा रणनीति निर्माणका विषयमा छलफल हुने जनाइएको छ।