रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढी पछि हराइरहेका मध्ये आज बिहानभरी नेपाली सेनाले १२३ जनको उद्धार गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस टिमले जनाए अनुसार सेनाले हेलिकोप्टरमार्फत १२३ जनाको उद्धार गरेको हो।
तीमध्ये पनि रसुवाको टिमुरे क्षेत्रबाट मात्रै ९५ जनाको सकुशल उद्धार गरिएको हो। ९५ मध्ये जसमध्ये आठ जना विदेशी रहेको नेपाली सेनाले जनाएको छ।
‘उनीहरूमध्ये विदेशीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ भने बाँकीलाई धुन्चे ल्याउने तयारी भइरहेको छ,’ प्रधानमन्त्रीको प्रेस टिमले भनेको छ।
त्यसैगरी रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका ७ जनाको जीवितै उद्धार गरिएको छ भने अन्य तीन वटा टनेलमा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि जीवितै उद्धार गरी काठमाडौँ ल्याउने क्रम जारी भइरहेको छ।