भोटेकोशी नदीमा आएको लेदो सहितको बाढीले रसुवागढी नाकाबाट तीन किलोमिटर तल रहेको टिमुरे क्षेत्र सखाप पारेको छ।
नेपाल र चीनको नाका रहेको रसुवागढीमा ठूलो पहरो भएका कारण भवन निर्माण गर्नेसम्मको स्थल थिएन। त्यसैले तीन किलोमिटर तल टिमुरेमा भन्सार यार्ड, कार्यालयदेखि बैंक तथा वित्तीय संस्था लगायतका संरचना थिए। उक्त ठाउँमा नै अध्यागमन कार्यालय, होटल तथा आवास थिए।
तर भदौ १० गते हिमाली क्षेत्रबाट आएको लेदो सहितको बाढीले उक्त क्षेत्र सखाप पारेको छ। सेतोपाटीले प्राप्त गरेको ड्रोनबाट खिचिएको तस्बिरमा केवलमा चार/पाँच वटा घर मात्र सकुशल देखिएका छन्।
उक्त क्षेत्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरू समेत बेपत्ता छन्।
बाढीपछि सिङ्गै बजारमा लेदो भरिएको छ। लेदोभित्र केही पक्की संरचनाहरू देखिन्छन्।
उक्त क्षेत्रमा नेपाली सेनाले खोजी तथा उद्धार कार्य गरिरहेको छ।
तर सडक हुँदै उक्त क्षेत्रमा पुग्न सक्ने अवस्था छैन।
टिमुरेबाट चीनसँगको सीमा जोडिने रसुवागढी जाने बाटो बगाएको छ। ठूलो पहरा भएका कारण उक्त क्षेत्रबाट फेरी बाटो बनाउनु समेत चुनौतीपूर्ण देखिएको छ।
-1787837545.jpg)
-1787837545.jpg)
-1787837545.jpg)