नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब सबैथरि कांग्रेसजनको एक्यबद्ध दुई जिम्मेवारी रहेको बताएका छन्।
उनकाअनुसार पहिलो जिम्मेवारी, सबै एक भएर रसुवाको बाढीले खडा गरेको विपद् केन्द्रित जिम्मेवारी पूरा गर्न लाग्ने होl
दोस्रो जिम्मेवारी भने महाधिवेशनसँग सम्बन्धित छ।
’पार्टीको १५ औं महाधिवेशनको पूर्वनिर्धारित सेड्युल कार्यान्वयनमा लाग्ने हो,’ सेतोपाटीसँग संक्षिप्त कुराकानीका क्रममा उपसभापति शर्माले भने।
सर्वोच्च अदालतले आज कांग्रेसको १५ औं महाधिवेशन गर्ने बाटो खोलेको थियो।
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहितले दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो।
कांग्रेसको १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।