नेपाली कांग्रेस गोरखाले भोटेकोशी-त्रिशूली बाढीपीडितलाई ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
सभापतिसमेत रहेका गण्डकी प्रदेशका ऊर्जा मन्त्री नन्दप्रसाद न्यौपानेका अनुसार गोरखा जिल्ला कार्यसमितिबाट बाढीपीडितलाई ५ लाख उपलब्ध गराउने निर्णय भएको छ।
यो रकम कांग्रेसको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत् प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरिनेछ।