बागमती प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रमा आलेमगर मन्त्रीमा नियुक्त भएकी छन्।
आलेमगरलाई कृषि, पशुपंक्षी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो।
मन्त्रीमा नियुक्त भएसँगै उनले आज पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
नेकपाको मागअनुसार आलेमगरलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो।
यसअघि सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भइसकेका छन्। एमालेका किरण थापा मगर नेतृत्वको बागमती प्रदेश सरकारमा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाबीच सत्तासाझेदारी रहेको छ।
आलेमगर यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको वागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत बनेका थिए। –न्युज एजेन्सी नेपाल