प्रधान न्यायाधीश मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन्।
चाइना ल सोसाइटीको आयोजनामा हुन लागेको चाइना फोरूम अन इन्टरनेशनल लिगल कोओपरेशन कार्यक्रममा सहभागी हुन आइतबार बिहान उनी सहितको भ्रमण दल चीन प्रस्थान गरेको हो।
भ्रमणदल चाइना साउथर्न एयरलाइन्समार्फत ग्वान्झाउ प्रस्थान गरेको हो। भ्रमणदल अब असोज ८ गते फर्किनेछ।
प्रधानन्यायाधीश शर्मासँगै उनकी पत्नी उमा शर्मा, मुख्य रजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल पनि चीन गएका छन्।