नेकपा एमालेको सचिवालय बैठक दुई घन्टा सरेको छ।
आज दिउँसो १ बजे बस्ने तय भएको सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता निरज आचार्यले जानकारी दिएका छन्।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक लम्बिँदा सचिवालय बैठक धकेलिएको हो।
कार्यदलको बैठकमा आज अन्तिम प्रतिवेदन पास गर्ने कार्यसूची थियो।
कार्यदलबाट महासचिव शंकर पोखरेलको प्रतिवेदनलाई काउन्टर गर्दै उपाध्यक्ष रामबहादुर थापा बादलले अर्को प्रतिवेदन ल्याएका थिए।
दुवै प्रतिवेदनलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई जिम्मा दिएका थिए।
उनै ज्ञवालीले ल्याएको प्रतिवेदनमाथि छलफल गरी पारित गर्न आज कार्यदलको बैठक बोलाइएको थियो।
कार्यदलमै नरहेकालाई प्रतिवेदन लेखनको जिम्मेवारी दिएपछि विवाद हुँदा बैठक लम्बिएको हो।