नेकपा एमालेको सचिवालय बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ९ बजेपछि सुरू भएको बैठक अझै जारी छ।
सचिवालय बैठकले आजै बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डाहरू तय गर्ने छ।
आइतबार पनि बसेको सचिवालय बैठकमा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएका थिए।
प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नका लागि सचिवालय सदस्यहरूले दबाब दिइरहे पनि ओली तयार छैनन्।
सचिवालय बैठक नै लम्बिएपछि ११ बजेदेखि सुरू हुने भनिएको केन्द्रीय कमिटी बैठक केही ढिला सुरू हुने देखिएको छ।
केन्द्रीय समिति बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा हुनेछ।
बैठक तीन दिनसम्म चल्ने बताइएको छ।