ललितपुरमा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ।
जारी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।
बिहान ११ बजेदेखि केन्द्रीय कमिटी बैठक सुरू हुने भनिए पनि सचिवालय बैठक लम्बिँदा केन्द्रीय कमिटी बैठकमा ढिलाइ भएको थियो।
आजकै बैठकमा केही केन्द्रीय सदस्यहरू मनोनीत समेत हुनेछन्।
अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि त्यसमा केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्नेछन्।