नेकपा एमालेको आज दोस्रो दिनको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन माथि छलफल हुँदैछ।
आजको बैठकमा केन्द्रीय सदस्यहरूले प्रतिवेदनमा आफ्ना धारणा दिनेछन्।
बैठकको सुरूमै आज एमाले केन्द्रीय सदस्य कर्णबहादुर थापाले विरोध गरेका थिए।
उनले यसरी बैठक चलाउन पाइँदैन, केन्द्रीय सदस्यहरूलाई बोल्नबाट वञ्चित गराउन पाइँदैन भनेर भनेका थिए।
आजको बैठक पनि ओलीले पूर्ण रूपमा आफ्नो नियन्त्रणमै राखेका छन्। उनले बैठकभित्र मोबाइल समेत लान दिएका छैनन्।