नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ।
सोमबार सुरू भएको बैठक मंगलबार पनि बसेको हो। सोमबार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आजदेखि धारणा राख्नेछन्। केन्द्रीय कमिटी बैठक हलमा मोबाइल चलाउन रोक लगाइएको छ।
अध्यक्ष ओलीले मोबाइल बाहिरै राख्न र नचलाउन आग्रह गरेका छन्। अडिओ तथा भिडिओ रेकर्ड गर्न नपाइने र मोबाइल चलाउनसमेत नपाइने अध्यक्ष ओलीको भनाइ छ।