नेकपा (एमाले) को सचिवालय बैठक बसेको छ।
आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक जारी छ।
केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बसेको हो।
पार्टीको सांगठनिक संरचना तथा आगामी कामका विषयमा सचिवालयमा छलफल हुने नेताहरूले जनाएका छन्।
बैठकमा केन्द्रीय सदस्यबाट स्थायी कमिटी गठन गर्ने विषयलाई पनि एजेन्डाका रूपमा अघि बढाइने तयारी छ।
साथै केन्द्रीय कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन, पार्टीको सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुनेछ।