नेकपा एमालेले केन्द्रीय कमिटी सदस्य मनोनीत गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीले आज केन्द्रीय सदस्यहरू मनोनीत गरेका हुन्।
सचिवालय बैठकपछि बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरू मनोनीत गरिएको विषय जानकारी गराइएको थियो।
काशीनाथ अधिकारी, देवराज घिमिरे, बिमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम दंगाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत, नन्दलाल देवकोटा केन्द्रीय सदस्य मनोनीत भए।
त्यस्तै पाल्तेन शेर्पा जी गुरुङ, बिनोद पाण्डे, पुष्पा श्रेष्ठ, जानुका सिम्खडा, कौशला खत्री, महमुद इष्ट्याक, प्रमोद यादव, डा. अब्दुल हुसैन, भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, ध्रुवराज बिष्ट, अर्जुन राई, धर्म गिरी केन्द्रीय सदस्य मनोनीत भएको एक नेताले बताए।