नेकपा एमालेले अन्य पार्टीबाट एमाले प्रवेश गरेका १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ।
उनीहरूलाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा दिइएको हो।
एमालेले बिहीबार कुल ३३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ।
त्यसमध्ये अन्य पार्टीबाट आएका १३ जना छन्।
एमाले प्रवेश गरेका मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसैन अंसारी, डिडी कार्की, भवानी खापुङ, दीपक साउद, जय गोले, धर्मराज निरौला, रवि चामलिङ, विनोद पहाडी, श्रीप्रसाद शर्मा, रामप्रीत राम र ध्रुव विष्टलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।
उनीहरू चुनावअघि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाललगायत विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका थिए।
साथै एमालेले आज पार्टीका नेताहरू काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरूङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्वाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा, बिना बास्तोलालाई पनि केन्द्रीय सदस्य मनोनीत गरेको छ।