इन्द्रजात्रामा सहभागी हुन महिला मन्त्रीहरू नेवारी परम्परागत पहिरन हाकुपटासीमा सजिएर पुगेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी मन्त्री प्रतिभा रावलले सबै महिला मन्त्रीलाई हाकुपटासी उपहार दिएकी थिइन्।
मन्त्री रावलकी स्वकीय सचिव आकांक्षा पोखरेलले मन्त्रीहरूले आपसमा सल्लाह गरेरै इन्द्रजात्रामा हाकुपटासी लगाउने निर्णय गरेको बताइन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गुठीसम्बन्धी काम हेर्ने निकाय समेत पर्छ। गुठी र सांस्कृतिक सम्पदासँग सम्बन्धित विषयमा मन्त्रालयको भूमिका रहने भएकाले मन्त्रीहरूको परम्परागत पहिरनमा उपस्थितिलाई सांस्कृतिक पहिचानसँग जोडेर हेरिएको छ।
हाकुपटासी नेवार समुदायका महिलाले परम्परागत रूपमा लगाउने कालो र रातो रङको सारी हो। यसमा रातो किनार हुने गर्छ। नेवारी समुदायको सांस्कृतिक पहिचानका रूपमा रहेको हाकुपटासी विभिन्न जात्रा, पर्व तथा धार्मिक समारोहमा महिलाहरूले लगाउने गर्छन्।
काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा हरेक वर्ष विशेष उत्साहका साथ मनाइन्छ। यस अवसरमा इन्द्रध्वज स्थापना, कुमारी, गणेश र भैरवका रथयात्रा, लाखे नाच लगायत विभिन्न परम्परागत सांस्कृतिक गतिविधि आयोजना गरिन्छन्।
-ink-1790331185.jpeg)
-ink-1790331185.jpeg)
-ink-1790331184.jpeg)
-ink-1790331182.jpeg)
-ink-1790331181.jpeg)