नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसका नाममा बेग्लै वेबसाइट बनाएर सञ्चालनमा ल्याएका छन्।
पूर्वमहामन्त्री शशांक कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर असोज १५ गतेदेखि वडा अधिवेशन सुरू हुँदैछ।
उक्त तयारी समितिले बेग्लै वेबसाइट बनाएको हो। यस वेबसाइटमार्फत् सदस्यता आवेदन दिन मिल्ने बनाइएको चुनदेवीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेताहरूले बताएका थिए।
देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्दैछ।
यो पनि- देउवा पक्षले कायम गर्यो ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्य