पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणालाई भेट्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोली प्रहरी कार्यालयको गेटबाटै फर्किएको छ।
आज बिहान ३ बजे महाराजगञ्जस्थित निवासबाटै पक्राउ परेका राणालाई अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखिएको छ।
आयोगको टोली केहीबेरअघि टेकुस्थित कार्यालय पुगेको हो। तर ३५ मिनेट सम्म पनि भेट्ने प्रयास गर्दा प्रहरीले गेट नखोलेपछि टोली फर्किएको हो।
प्रहरीले राणालाई सुरक्षा थ्रेट भएकाले नियन्त्रणमा लिएको बताउँदै आएको छ।
आफूहरूलाई भित्र छिर्न नदिनुको कारण सोधिरहँदा पनि गेटमा बसेका सुरक्षाकर्मीले केही नबताएको आयोगको आरोप छ।