नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको गिरफ्तारीप्रति आपत्ति जनाएका छन्।
भट्टराईले सुरक्षा चुनौती रहेको भए सुरक्षा दिनु राज्यको दायित्व भएको भन्दै 'मध्यरातमा गरिएको गिरफ्तारी कुनै पनि बहानाबाट उचित मान्न नसकिने' बताएका छन्।
उनले जबराको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक भएको दाबी गर्दै सरकार यस्ता कामबाट पछि हट्नुपर्ने बताएका छन्।
‘सुरक्षा चुनौती रहेछ भने सुरक्षा दिनु राज्यको दायित्व हो तर मध्यरातमा गरिएको गिरफ्तारी कुनै बहानाबाट पनि उचित मान्न सकिँदैन,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक छ। सरकार यस्ता उटपट्याङ कामबाट पछि हट्नै पर्दछ।’
प्रहरीले अहिले पूर्वप्रधान न्यायाधीश राणालाई 'सुरक्षित ठाउँमा' पठाइसकेको छ।