विद्युतीय सुशासन आयोगका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपेश विष्ट नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर १० को क्षेत्रीय सभापतिका लागि उम्मेदवार बन्ने भएका छन्।
क्षेत्रीय सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ भने सोमबार अधिवेशनको कार्यक्रम तय गरिएको छ।
विष्टले आफू क्षेत्रीय सभापतिका लागि उम्मेदवारी दिन गइरहेको सेतोपाटीलाई जानकारी दिए।
विष्टले शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा सूचना प्रविधि विज्ञ सल्लाहकारका रूपमा काम गरेका थिए।
उनले विश्वप्रकाश शर्मा प्रवक्ता रहँदादेखि ‘डिजिटल कांग्रेस’ अभियानमा काम गरेका थिए।
अहिले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग नजिक रहेर विष्टले डिजिटल कांग्रेसका विभिन्न काममा योगदान दिँदै आएका छन्।
विष्टकै नेतृत्वमा कांग्रेसले क्रियाशील सदस्यता अनलाइन गर्ने, डिजिटल संगठन व्यवस्थापन लगायतका क्षेत्रमा काम अघि बढाएको थियो।