परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन्।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएकाे भेटवार्तामा परराष्ट्रमन्त्री खनालले महासभाको ८१औं अधिवेशनको अध्यक्ष पदमा निर्वाचित भएकोमा डा. रहमानलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।
साथै, उनले अध्यक्षको कार्यकालमा नेपालका तर्फबाट पूर्ण रूपमा सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।
भेटका क्रममा दुवैबीच महासभा अध्यक्षका प्राथमिकताका विषय तथा संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर बहुपक्षीयतालाई थप सुदृढ बनाउने महत्त्वबारे छलफल भएको थियो।
सो अवसरमा नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य विपद्का प्रभाव र त्यसले पुर्याएको क्षतिका विषयमा समेत विचार आदानप्रदान भएको थियो।