नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल काठमाडौं क्षेत्र नम्बर ५ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
१५ औँ महाधिवेशनअन्तर्गत अहिले क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनका लागि अधिवेशनहरू भइरहेका छन्।
सोही क्रममा काठमाडौं क्षेत्र नम्बर ५ बाट पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
पौडेल गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा पनि काठमाडौं ५ मा उम्मेदवार थिए, रास्वपा उम्मेदवारसँग पराजित भएका थिए।
पौडेल १४ औं महाधिवेशनसम्म तनहुँबाट महाधिवेशन प्रतिनिधि आउने गरेका थिए।