नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले १५ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
उनले असोज १८ देखि सुरू हुने महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै आगामी यात्रामा पनि सबैको साथ, सहयोग, सद्भाव र विश्वासको अपेक्षा गरेकी छन्।
‘नेपाली कांग्रेसको आसन्न निर्वाचनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै, आगामी यात्रामा पनि यहाँहरूको साथ, सहयोग, सद्भाव र विश्वासको अपेक्षा गर्दछु,’ उनले भनेकी छन्।
उनले पद्मकन्या क्याम्पसको स्ववियु सभापति हुँदै नेविसंघ केन्द्रीय सदस्य र महामन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।
त्यसपछि नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका रूपमा काम गरेकी थिइन्।
महाधिवेशनमा आफूलाई अझ सशक्त भूमिकामा उभ्याउँदै पार्टी र राष्ट्रप्रतिको जिम्मेवारीलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ।
बलियो कांग्रेस र समुन्नत देश बनाउने संकल्पसहित आफू अघि बढेको उनले बताइन्।
कांग्रेसमा संशोधित विधानअनुसार ११ जना सहमहामन्त्री रहने व्यवस्था छ। जसमा ८ जना निर्वाचनबाट र बाँकी सभापतिबाट मनोनीत हुने व्यवस्था छ।