नेपाली कांग्रेसका नेता आङ्गेलु शेर्पाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
असोज १८ गतेदेखि सुरू हुने १५ औं महाधिवेशनमा उनले महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन्।
सोलुखुम्बुका उनी केन्द्रीय कार्यसम्पादन समिति सदस्य छन्।
‘नेपाली कांग्रेसको कार्यकारिणी अधिकार सभापति र महामन्त्रीमा हुन्छ, त्यसकारण पार्टी नीति निर्माण तहमा महामन्त्रीहरूको प्रमुख भूमिका रहन्छ,’ उनले भने, ‘नेतृत्व तहमा गएर भूमिका खेल्न चाहेकोले महामन्त्रीको उम्मेदवार हुन लागेको हुँ।’
उनले सकेसम्म सर्वसहमतिमै कार्यसमिति चयन गरिने बताए।