नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि विदेशी अतिथिहरू आउने क्रम सुरू भएको छ।
कांग्रेसले असोज १६ मा महाधिवेशन उद्घाटन गर्ने गरी निमन्त्रणा दिएको थियो। तर महाधिवेशन दुई दिन पर सारिएको छ। अब असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन हुनेछ।
उद्घाटन समारोहमा शुमकामना मन्तव्य दिन कांग्रेसले विगतका महाधिवेशनहरूकै जस्तो विदेशका विभिन्न दललाई निमन्त्रणा दिएको थियो।
त्यसअनुसार अतिथिहरू आउन थालेका छन्।
नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन सोसलिष्ट इन्टरनेशनलकी महासंयोजक शन्ताल काम्बिवा नेपाल आइपुगेकी छन्। उनलाई गेजा शर्मा वाग्लेले स्वागत गरेका छन्।