सरकारले संघीय निजामती सेवासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ।
मन्त्रिपरिषदले यो विधेयक संसदमा पेस गर्न स्वीकृति दिएसँगै आज संसदमा दर्ता गरिएको हो।
विधेयकमा उपसचिव पदमा खुला प्रतिस्पर्धाबाट ४० प्रतिशत पदपूर्तिको व्यवस्था प्रस्ताव गरिएको छ। यसअघि खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा १० प्रतिशत मात्रै पदपूर्ति हुने गरेको थियो।
नयाँ प्रस्तावअनुसार कानून बनेमा सिधै उपसचिवमा अब धेरै जनशक्तिले अवसर पाउनेछन्।
साथै अधिकृत भएको ५ वर्ष पुगेपछि उपसचिवका लागि प्रतिस्पर्धा गर्न पाइनेछ।