नेपाली कांग्रेसको १५ औं महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुँदैछ।
महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने भए पनि अहिलेसम्म १२ जना नेता महामन्त्रीको आकांक्षामा देखिएका छन्।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरे पनि १५औँ महाधिवेशनबाट पुनः महामन्त्रीमा दोहोरिन चाहेका छन्।
त्यस्तै, सहमहामन्त्रीहरू उदयशमशेर राणा, डिला संग्रौला र प्रकाश रसाइली ‘स्नेही’ पनि महामन्त्री पदका आकांक्षी छन्।
निवर्तमान सहमहामन्त्री जीवन परियार र पार्टी प्रवक्ता देवराज चालिसेले पनि महामन्त्रीको आकांक्षी हुन्।
केन्द्रीय सदस्यहरू रामहरि खतिवडा, नैनसिंह महर, मधु आचार्य र आङ्गेलु शेर्पा तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगर पनि महामन्त्री पदका आकांक्षी छन्।
महामन्त्री आकांक्षीहरूले जिल्ला दौडाहासमेत गर्न गरेका थालेका छन्। नैनसिंह महर जिल्ला दौडाहामा छन्।
महामन्त्रीका लागि आकांक्षी धेरै भए पनि नेतृत्व तहमा सहमतिको प्रयास हुने नेताहरू बताउँछन्।
सहमति हुन नसके महामन्त्री पदमा निर्वाचन हुनेछ।
कांग्रेसको १५ औं महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ।