नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
उनी भोजपुरबाट खुलातर्फ उम्मेदवार थिए।
रायमाझी ४१६ मत ल्याएर पराजित भएका हुन्।
उनी वडा अधिवेशनको मुखमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष छाडेर संस्थापन पक्षमा पुगेका थिए।
गगन थापा नेतृत्वको कांग्रेसले जुनसुकै तहका नेता पनि वडादेखि नै जितेर आउनुपर्ने व्यवस्था गरेको छ।
पदाधिकारी र केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छैन।